२०८३, आश्विन २० गते

images

बालेन सरकार आएसँगै नेप्सेमा पहिरो, सोमबार कति भयो कारोबार ?

बालेन सरकार आएसँगै नेप्सेमा पहिरो, सोमबार कति भयो कारोबार ?

सीएनएन खबर
सोमवार, चैत्र १६ २०८२०३:२३
सीएनएन खबर
सोमवार, चैत्र १६ २०८२०३:२३
  • images

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४७ अंकले घटेर २ हजार ८३१.३९ विन्दुमा बन्द भएको हो।

    आज ३ करोड १६ लाख ६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ५ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार रिडी पावर कम्पनीको भएको छ । कम्पनीको ६८ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend