२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सन नेपाल इन्स्युरेन्सका सीईओ राजकुमार अर्याल...

सन नेपाल इन्स्युरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ, सेयर किर्ते प्रकरणसँग जोडिएको आशंका

सन नेपाल इन्स्युरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ, सेयर किर्ते प्रकरणसँग जोडिएको आशंका

सोमवार, चैत्र १६ २०८२०५:३७
सोमवार, चैत्र १६ २०८२०५:३७
  • images

    काठमाडौं । सन नेपाल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

    सीआईबीको टोलीले उनलाई सोमबार राजधानीको पुतलीसडकबाट नियन्त्रणमा लिएको हो। एक प्रहरी अधिकृतका अनुसार अर्यालमाथि अनुसन्धान सुरु भइसकेको छ, तर उनीमाथि लागेको आरोपबारे औपचारिक रूपमा खुलाइएको छैन।

    यद्यपि, स्रोतहरूका अनुसार अर्यालको पक्राउ कर्मचारी सेयर बाँडफाँटमा भएको अनियमितता र किर्ते प्रकरणसँग जोडिएको हुनसक्ने आशंका गरिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गरेको अध्ययनमा अर्यालले कर्मचारीका लागि छुट्याइएको सेयरमा किर्ते गरी आफूअनुकूल बाँडफाँट गरेको देखिएको उल्लेख छ। अध्ययन प्रतिवेदन अनुसार उनले आवेदन फारममा झुटा विवरण राख्दै ठूलो परिमाणमा सेयर कब्जा गरेको आरोप लाग्दै आएको छ।

    उक्त प्रकरणमा धितोपत्र बोर्डले अनुसन्धान प्रतिवेदन सीआईबीमा पठाएको लामो समय बित्दा पनि फाइल अघि नबढेको भन्दै प्रश्न उठ्दै आएको थियो। तर पछिल्लो पक्राउसँगै उक्त मुद्दामा अनुसन्धानले गति लिने संकेत देखिएको छ।

    अध्ययनका क्रममा कर्मचारीको सेयर बाँडफाँटमा कम्पनीले पेश गरेका कागजात र बिक्री प्रबन्धकका विवरणबीच पनि मेल नखाएको पाइएको थियो। साथै, कर्मचारीका आवेदन फारममा समेत फरक–फरक विवरण भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    यसअघि धितोपत्र बोर्डले कम्पनीलाई कर्मचारीको सेयर पुनः बाँडफाँट गर्न निर्देशन दिएको थियो भने अर्यालमाथि कानुनी कारबाहीको सिफारिससमेत गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend