२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • संविधान संशोधनको तयारीमा बालेन सरकार, क्याविनेटबाटै...

संविधान संशोधनको तयारीमा बालेन सरकार, क्याविनेटबाटै गर्‍यो कार्यदल गठन

संविधान संशोधनको तयारीमा बालेन सरकार, क्याविनेटबाटै गर्‍यो कार्यदल गठन

सोमवार, चैत्र १६ २०८२०९:०६
सोमवार, चैत्र १६ २०८२०९:०६
  • images

    काठमाडौँ । सरकारले संविधान संशोधनको लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको छ । कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि पनि सहभागी हुनेछन् । 

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    असिम २०७९ मा रास्वपाबाट समानुपातिक सांसद भएका थिए । यसपटक असिम सांसद छैनन् । यसपटक वालेन्द्र शाहलाई रास्वपासँग वार्ता गराउने र समझदारी गर्नमा प्रमुख भूमिका नै असिमले खेलेका थिए ।

    रास्वपाको वाचापत्रअनुसार संविधान संशोधनको लागि बहसपत्र तयार गर्न सरकारले कार्यदल गठन गर्ने घोषणा गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend