२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • मनाइयो हर्क गुरुङको १८ औँ स्मृति...

मनाइयो हर्क गुरुङको १८ औँ स्मृति सभा

मनाइयो हर्क गुरुङको १८ औँ स्मृति सभा

सीएनएन खबर
सोमवार, आश्विन ७ २०८१०५:५१
सीएनएन खबर
सोमवार, आश्विन ७ २०८१०५:५१
  • images

    काठमाडौँ । डा. हर्क गुरुङ प्रतिष्ठान नेपालले १८ औं स्मृति दिवस तथा श्रदाञ्जली मनाएको छ । मस्र्याङदी गाउँपालिका तथा प्रतिस्ठानको आयोजनामा उनको १८ औँ स्मृति दिवस मनाईएको हो । 

    भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका डा. हर्क गुरुङ प्रतिस्ठानको आयोजनामा स्व. डा. हर्क गुरुङको १८ औं स्मृति दिवस तथा श्रद्धाञ्जली सभा प्रतिस्ठानका उपाध्यक्ष शेर बहादुर थापाको अध्यक्षता एवं मर्स्याङ्दी गाउँपालिका वडा नं. ७ का पुर्व वडा अध्यक्ष युवा घलेज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । 

    विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौं फर्कने क्रममा २०६३ साल असोज ७ गते शनिबार ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा. गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । 

    भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका उनको शवलाई आफ्नै जन्मस्थलो ल्याएर अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कार गरिएको ठाउँ समाधीस्थलमै प्रतिष्ठानले उनको अर्धकदको सालिकसहित संरचनाहरु निर्माण गरिरहेको छ ।

    harka gurung1.jpg

    वि.सं. १९९५ पुस २१ गते बाबा पार्सै गुरुङ र आमा मैंस्यो गुरुङको कोखबाट पाँचौं सन्तानको रुपमा जन्मिएका डा. हर्क गुरुङ बहुमुखी प्रतिभाको धनी थिए ।

    गाउँपालिका, गण्डकी प्रदेश सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा ताङ्लीचोकमारुङको सालिकसहितका संरचनाहरु निर्माण गरिएका छन् । प्रतिष्ठानले हालसम्म प्राप्त ५ रोपनी १२ आना ३ पैसा २ दामको जग्गामा विभिन्न संरचनाहरु निर्माण गरेका छन् । 

    कुल ६ करोड ३१ लाख ९९ हजार ७ सय ६९ रुपैयाँ २२ पैसाको ‘स्व. डा. हर्क गुरुङ स्मृति पार्क’ को विस्तृत योजना निर्माण गरेको र यसका लागि ३० रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हालसम्म करिब ६० लाख रुपैयाँ खर्च गरी पार्कको काम गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend