२०८३, आश्विन १९ गते

images
  • बिमा
  • कर्मचारीको शेयर कब्जा गर्ने सन नेपाल...

कर्मचारीको शेयर कब्जा गर्ने सन नेपाल लाइफका सीईओलाई पाँच दिन म्याद थप

कर्मचारीको शेयर कब्जा गर्ने सन नेपाल लाइफका सीईओलाई पाँच दिन म्याद थप

सीएनएन खबर
मंगलवार, चैत्र १७ २०८२०७:३५
सीएनएन खबर
मंगलवार, चैत्र १७ २०८२०७:३५
  • images

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पाँच दिन म्याद थप गरिदिएको छ ।

    सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको थियो । अर्याल सीईओमाथि थप अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    सीआईबीका अनुसार कम्पनीभित्र कर्मचारीलाई छुट्याइएको शेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायलाई पेश गरिएको कागजातमा फरक–फरक विवरण भेटिएको आधारमा अनुसन्धान अघि बढाइएको हो ।

    धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको प्रारम्भिक निष्कर्ष नेपाल धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि अर्याललाई सोमबार काठमाडौं महानगरपालिका–२९ न्यूप्लाजाबाट पक्राउ गरिएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend