२०८३, आश्विन १९ गते

images

रूसका प्रधानमन्त्रीले दिए बालेन शाहलाई बधाई

रूसका प्रधानमन्त्रीले दिए बालेन शाहलाई बधाई

सीएनएन खबर
बिहिवार, चैत्र १९ २०८२०८:०१
सीएनएन खबर
बिहिवार, चैत्र १९ २०८२०८:०१
  • images

    काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन् ।

    प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई ज्ञापन गरेका हुन् ।

    सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

    साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गरेको नेपालस्थित रूसी राजदूतावासले जनाएको छ ।

    रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा कार्यकालको सफलताको कामना समेत गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend