२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • रेमिट्यान्समा उच्च वृद्धि, ८ महिनामै नेपाल...

रेमिट्यान्समा उच्च वृद्धि, ८ महिनामै नेपाल भित्रियो १४ खर्ब ४९ अर्ब

रेमिट्यान्समा उच्च वृद्धि, ८ महिनामै नेपाल भित्रियो १४ खर्ब ४९ अर्ब

बिहिवार, चैत्र १९ २०८२०५:२७
बिहिवार, चैत्र १९ २०८२०५:२७
  • images

    काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा नेपालमा १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनासम्बन्धी वित्तीय विवरणअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो।

    राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको फागुनमा भने १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। खाडी मुलुकमा देखिएको तनावका कारण फागुनमा रेमिट्यान्स आप्रवाह प्रभावित हुनसक्ने अनुमान गरिए पनि तथ्यांकले भने रेमिट्यान्स प्रवाह सामान्य र स्थिर रहेको देखाएको छ।

    अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १० अर्ब १५ करोड अमेरिकी डलर बराबर रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढी हो।

    यस्तै, वैदेशिक रोजगारीतर्फ पनि उल्लेख्य संख्यामा नेपाली श्रम बजारमा गएका छन्। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend