२०८३, आश्विन १९ गते

images
  • समाचार
  • इन्धन प्रभावले बजार महँगियो, उपभोक्ता थप...

इन्धन प्रभावले बजार महँगियो, उपभोक्ता थप मारमा

इन्धन प्रभावले बजार महँगियो, उपभोक्ता थप मारमा

बिहिवार, चैत्र १९ २०८२०५:५३
बिहिवार, चैत्र १९ २०८२०५:५३
  • images

    काठमाडौं । देशमा मुद्रास्फीति पुनः उकालो लाग्न थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षकै हाराहारीमा रहेको देखिन्छ।

    यसअघि कात्तिक–मंसिरमा न्यून बिन्दुमा झरेको मुद्रास्फीति पछिल्लो समय इन्धनको मूल्यवृद्धिसँगै पुनः बढ्न थालेको हो। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.३३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यी समूहहरूको मुद्रास्फीति क्रमशः ३.३४ र ३.९७ प्रतिशत थियो।

    ८ महिनाको औसत मुद्रास्फीति भने २.१३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्षको ४.७२ प्रतिशतको तुलनामा कम हो। तर पछिल्लो समय मूल्यवृद्धिको दबाब फेरि बढ्दै गएको संकेत देखिएको छ।

    खाद्य वस्तुमा तरकारीको मूल्य सबैभन्दा धेरै ११.४९ प्रतिशतले बढेको छ। त्यसपछि घिउ तथा तेल ९.८६ प्रतिशत र फलफूल ९.६३ प्रतिशतले महँगिएका छन्। यद्यपि दाल तथा गेडागुडी (३.६६%), खाद्य तथा खाद्यजन्य पदार्थ (२।१८%) र मरमसला (२.०३%) मा भने केही गिरावट आएको छ।

    गैरखाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उपसमूहमा २२.८१ प्रतिशतले उल्लेख्य वृद्धि देखिएको छ। त्यसैगरी शिक्षा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ७.७ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ४.७३ प्रतिशत र सुर्तीजन्य पदार्थ ३.५७ प्रतिशतले बढेका छन्। बीमा तथा वित्तीय सेवामा भने ०.०३ प्रतिशतले सामान्य गिरावट आएको छ।

    क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा ३.०६ प्रतिशत र सहरी क्षेत्रमा ३.८२ प्रतिशत मुद्रास्फीति वृद्धि भएको छ। प्रदेशगत रूपमा मधेसमा सबैभन्दा बढी ४.९५ प्रतिशत मुद्रास्फीति रहेको छ भने कोशी (३.९६%), बागमती (३.३१%), लुम्बिनी (४.२१%), गण्डकी (२.८७%), कर्णाली (२.२१%) र सुदूरपश्चिम (२.२५%) रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend