२०८३, आश्विन १९ गते

images

स्थानीय तहका समस्या समाधान गर्न सरकार प्रतिबद्ध, खाली पालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत

स्थानीय तहका समस्या समाधान गर्न सरकार प्रतिबद्ध, खाली पालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत

शुक्रवार, चैत्र २० २०८२०३:३४
शुक्रवार, चैत्र २० २०८२०३:३४
  • images

    काठमाडौँ । स्थानीय तहमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताएकी छन्।

    मन्त्रालयमा आज गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरूसँग भएको छलफलमा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता तथा अनुदान कटौतीलगायतका समसामयिक विषयमा गहन छलफल भएको हो।

    छलफलका क्रममा स्थानीय तहका प्रतिनिधिहरूले भोगिरहेका व्यावहारिक समस्या तथा समाधानका उपायहरू प्रस्तुत गरेका थिए। नगरपालिकाका अध्यक्ष भिम ढुंगानाले स्थानीय तहमा देखिएका चुनौतीहरूको विस्तृत जानकारी गराउँदै समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे।

    त्यस्तै, गाउँपालिकाका अध्यक्षहरूले सुकुम्बासीलाई लालपुर्जा वितरण, भूमि व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। महालक्ष्मी नगरपालिकाका उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई दुई वर्षमा अनिवार्य सरुवा गर्ने नीति आवश्यक रहेको सुझाव दिएकी थिइन्।

    जवाफमा मन्त्री रावलले स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै समस्या समाधानका लागि मन्त्रालय पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिन्। उनले नागरिक सन्तुष्ट हुनेगरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै जनअपेक्षालाई स्थानीय सरकारमार्फत सम्बोधन गरिने बताइन्।

    यसैबीच, स्थानीय तहका पदाधिकारीहरूले कर्मचारी खटाएर सहयोग गरेकोमा मन्त्रालयप्रति धन्यवाद व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend