२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेपाल लाइफले भन्योः दीपक भट्टसँग कुनै...

नेपाल लाइफले भन्योः दीपक भट्टसँग कुनै कारोबार छैन्

नेपाल लाइफले भन्योः दीपक भट्टसँग कुनै कारोबार छैन्

शुक्रवार, चैत्र २० २०८२०३:४७
शुक्रवार, चैत्र २० २०८२०३:४७
  • images

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसायी दीपक भट्ट र सेयर कारोबारमा आफ्नो नाम जोडिएर आएका समाचारहरूको औपचारिक खण्डन गरेको छ । केही सञ्चार माध्यममा प्रकाशित ‘३७ करोड रुपैयाँ दुरुपयोग’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले ती सूचनाहरू पूर्णतः गलत र भ्रामक रहेको स्पष्ट पारेको हो ।

    समाचारको पृष्ठभूमि र आरोप

    विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा हिमालयन रि-इन्स्योरेन्सका आधारभूत सेयरधनी दीपक भट्टले नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड रुपैयाँ प्रयोग गरी दोस्रो बजारबाट नेपाल रि-इन्स्योरेन्स लगायतका सेयर खरिद गरेको समाचार सार्वजनिक भएका थिए । उक्त कारोबार धितोपत्र दलाल नं. ५५ (भृकुटी स्टक ब्रोकर) मार्फत गरिएको दाबी समाचारहरूमा गरिएको थियो ।

    कम्पनीको स्पष्टीकरण

    नेपाल लाइफले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारेको छ । “व्यवसायी दीपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कुनै पनि किसिमको कारोबार समेत नगरेको व्यहोरा स्पष्ट पार्न चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

    कम्पनीले आफू सधैँ प्रचलित कानुन, नियामक निकाय (नेपाल बीमा प्राधिकरण) को मापदण्ड र संस्थागत सुशासनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गरिरहेको दाबी गरेको छ ।

    आधारहीन समाचारले कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउन खोजेको भन्दै नेपाल लाइफले आफ्ना सम्पूर्ण ग्राहक,लगानीकर्ता र सरोकारवालाहरूलाई यस्ता भ्रामक प्रचारको पछि नलाग्न विनम्र अनुरोध गरेको छ । कम्पनीले पारदर्शिता र जवाफदेहिता आफ्नो मुख्य प्राथमिकता रहेको पुनः दोहोर्‍याएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend