२०८३, आश्विन १९ गते

images

आईपीएल: गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

आईपीएल: गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

आइतवार, चैत्र २२ २०८२०७:५०
आइतवार, चैत्र २२ २०८२०७:५०
  • images

    काठमडाौँ । जारी आईपीएलको शनिबार राति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको छ ।

    अहमदाबादमा भएको खेलमा राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सकेको थियो ।

    गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ७३ रन बनाएका थिए भने जोस बटलरले २६, राशिद खानले २४ रन बनाएका थिए ।

    त्यस्तै, राजस्थानका लागि रवि विश्नोईले ४ विकेट लिएका थिए ।

    यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाएका थिए भने यशस्वी जैसवालले ५५ र वैभव सूर्यवंशीले ३१ रन बनाएका थिए ।

    यो जितपछि राजस्थान रोयल्सको २ खेलमा ४ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    गुजरातले लगातार दोस्रो हार ब्यहोरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend