२०८३, आश्विन १९ गते

images

बैंकिङ प्रणालीमा अधिक तरतला, एकैदिन ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरतला, एकैदिन ४० अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, चैत्र २२ २०८२१०:५६
आइतवार, चैत्र २२ २०८२१०:५६
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो ।

    निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले निक्षेप उठाउन लागेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २७ गते हुनेछ ।

    बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

    बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशस् बाँडफाँड गरिने उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend