२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एन्फा निलम्बनमा फिफा–एएफसीको आपत्ति, ...

एन्फा निलम्बनमा फिफा–एएफसीको आपत्ति, ७ दिनभित्र चुनाव सम्पन्न गर्न निर्देशन

एन्फा निलम्बनमा फिफा–एएफसीको आपत्ति, ७ दिनभित्र चुनाव सम्पन्न गर्न निर्देशन

आइतवार, चैत्र २२ २०८२०५:२३
आइतवार, चैत्र २२ २०८२०५:२३
  • images

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था FIFA र AFC ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको निलम्बनप्रति गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले सरकारी हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पार्दै स्थगित निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

    Fifa 1.jpg
    undefined

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चैत ११ गते एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो। उक्त निर्णयलाई फिफा र एएफसीले ‘तेस्रो पक्षको हस्तक्षेप’ का रूपमा व्याख्या गरेका छन्।

    Fifa 2.jpg
    undefined

    फिफा र एएफसीले संयुक्त रूपमा पठाएको पत्रमा चैत १३ गते स्थगित भएको निर्वाचन प्रक्रिया जहाँबाट रोकिएको थियो, त्यहीँबाट पुनः सुरु गर्न भनिएको छ। साथै, ७ दिनभित्र चुनाव सम्पन्न गर्न स्पष्ट निर्देशन दिइएको छ।

    उक्त पत्र अनुसार यदि निर्धारित समयभित्र चुनाव सम्पन्न नभएमा विषयलाई फिफा काउन्सिलमा लैजाने चेतावनीसमेत दिइएको छ।

    फिफा र एएफसीले कुनै पनि खेल संघमा सरकारी हस्तक्षेप अस्वीकार्य हुने दोहोर्‍याएका छन्। उनीहरूले राखेपको निर्णयप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र रूपमा फुटबल संघ सञ्चालन हुनुपर्ने बताएका छन्।

    फिफा र एएफसीको पत्र प्राप्त भएसँगै एन्फाले राखेपसँग निलम्बन फुकुवा गर्न आग्रह गर्ने तयारी गरेको छ। संयुक्त पत्रलाई आधार बनाएर एन्फाले औपचारिक रूपमा पत्राचार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend