२०८३, आश्विन १९ गते

images

बिचौलीया भट्टलाई उद्यारोमा सेयर पठाउने भृकुटी स्टक ब्रोकर कारवाहीमा

बिचौलीया भट्टलाई उद्यारोमा सेयर पठाउने भृकुटी स्टक ब्रोकर कारवाहीमा

मंगलवार, चैत्र २४ २०८२०८:०३
मंगलवार, चैत्र २४ २०८२०८:०३
  • images

    काठमाडौँ । बिचौलीया दीपक भट्टर्ला उद्यारोमा सेयर खातामा पठाउने भृकुटी स्टक ब्रोकर कारवाहीमा परेको छ । सोमबार बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भृकुटी स्टक ब्रोकर कम्पनीलाई कारबाही गरेको हो । 

    उक्त ब्रोकरले रकम भुक्तानी नलिई व्यवसायी दिपक भट्टको खातामा सेयर पठाउने गरेको थियो । बोर्डले ब्रोकरलाई ३ महिनाको लागि निलम्बन गर्ने र धितोपत्र ऐन अनुसार आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो ।

    व्यवसायी दीपक भट्टले नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गरे पनि त्यसको भुक्तानी गरेका थिएनन् । तर, ब्रोकर नम्बर ५५ ले भुक्तानी नलिइकनै उक्त सेयर दीपक भट्टको नाममा हस्तान्तरण गरिदिएको पाएपछि बोर्डले धितोपत्र ऐन विपरितको कार्य गरेको भन्दै कारबाही गरेको हो । अनुसन्धानका क्रममा सेयर कारोबार गर्दा अनिवार्य रुपमा राख्नुपर्ने २५ प्रतिशत कोल्याटरल लोड नै नगरी कारोबार गरिएको पाइएको बोर्डले जनाएको छ ।

    भृकुटी स्टक ब्रोकिङ कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णको लगानी रहेको छ । भृकुटी स्टक ब्रोकिङ कम्पनीको मुख्य लगानीकर्ता मनोजकुमार लाल कर्णकी श्रीमती सुधा कर्ण हुन् ।

    नेपाल धितोपत्र बोर्डले गरेको छानबिनमा हिमालयन रि–इन्स्योरेन्स कम्पनी र हिमालयन लार्ज क्याप फन्ड, हिमालयन सेक्युरिटिज बैंकर, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्सले गरेको सेयर कारोबारमा भृकुटी स्टक ब्रोकिङ कम्पनीले लामो समयदेखि भुक्तानी गर्न बाँकी रहेको रकम ठूलो परिमाणमा देखिएको थियो ।

    साथै, दीपक भट्टले नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गरेको भुक्तानी भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई भएको छैन । बिमा कम्पनी र सामूहिक लगानी कोषलाई भुक्तानी नगर्ने र भट्टले सेयर खरिद गरेको रकम भुक्तानी नलिई भट्टको खातामा सेयर पठाउने गरेको देखिएसँगै बोर्डले ब्रोकरलाई कारबाही गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend