काठमाडौँ । राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये एकमा पण्डित नियुक्त भएका हुन् ।
राष्ट्र बैंक्का दुई डेपुटी गभर्नर डा नीलम ढुंथाना तिम्सिना र बमबहादुर मिश्र फागुन २४ गतेदेखि नै नियमित अवकाशमा गएका थिए । उनीहरु अवकाशमा गएको झन्डै एक महिनापछि राष्ट्र बैंकले डेपुटी गभर्नर पाएको हो ।
राष्ट्र बैंक ऐनअनुसार डेपुुटी गभर्नरका लागि बैंककै विशिष्ट श्रेष्णी (कार्यकारी ईडी) स्तरका अधिकृतमध्येबाट नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ । हाल बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत रहेका छन् । जसमा केही दिनअघि मात्रै रोशन कुमार सिग्देल उमेर हदका कारण अवकाशमा गएका छन् । हाल कायम रहेका १७ जनामध्येबाट मन्त्रिपरिषद् बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

