काठमाडौँ। इरानसँग दुई हप्ते युद्धविराम सम्झौता भएपछि अमेरिकी राष्ट्रपति म्यलबमि त्चगmउ ले यसलाई “विश्व शान्तिका लागि ठुलो दिन” भन्दै स्वागत गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social प्रतिक्रिया दिँदै इरानसहित विश्वका सबै पक्षले अब शान्ति चाहेको बताएका छन्। “आज विश्व शान्तिका लागि ठुलो दिन हो। इरान पनि यही चाहन्छ, किनकि अब पर्याप्त भयो। अरू सबै पनि यही चाहन्छन्,” उनले लेखेका छन्।
उनले युद्धविरामपछि इरानले पुनर्निर्माणको प्रक्रिया अघि बढाउन सक्ने र त्यसमा अमेरिकाले आवश्यक सहयोग गर्ने स्पष्ट पारे। “इरानले अब पुनर्निर्माण सुरु गर्न सक्छ। हामी सबै आवश्यक सामग्रीसहित तयार हुनेछौँ,” ट्रम्पको भनाइ छ।
ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण क्तचबष्त या ज्यचmगश मा देखिएको ट्राफिक समस्या समाधान गर्न पनि अमेरिका सहयोगी बन्ने बताएका छन्। उनका अनुसार यसले क्षेत्रीय व्यापार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।
“साह्रै राम्रो कदम चालिनेछ र धेरै पैसा उत्पादन हुनेछ,” उनले उल्लेख गरेका छन्। ट्रम्पले युद्धविरामलाई मध्यपूर्वका लागि नयाँ अवसरका रूपमा चित्रण गर्दै यसले दीर्घकालीन शान्ति र समृद्धिको ढोका खोल्न सक्ने विश्वास व्यक्त गरे।
“अमेरिकामा जस्तै यो मध्यपूर्वका लागि स्वर्ण युग हुन सक्छ,” उनले थपे।
पाकिस्तानको मध्यस्थतामा सहमति उल्लेखनीय छ कि अमेरिका र इरानबीच मंगलबार राति पाकिस्तानको मध्यस्थतामा दुई हप्ते युद्धविराम गर्ने सहमति भएको हो। यो सहमतिलाई हालका लागि तनाव कम गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

