२०८३, आश्विन १९ गते

images

पूर्वसभामुख महरा सहित २८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वसभामुख महरा सहित २८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, चैत्र २६ २०८२०४:०९
बिहिवार, चैत्र २६ २०८२०४:०९
  • images

    काठमाडौँ । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध विशेष अदालतमा पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विद्युतीय चुरोट (भेप) मा राखेर तस्करी गरिएको सुन छुटाउन दबाब दिएको भन्दै महराविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।

    राज्यको जिम्मेवार पदमा बसेर तस्करीमा सहयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (चैत २६) विशेष अदालतमा पनि मुद्दा दायर गरेको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले मुद्दाको मिसिल अध्ययन भइरहेको जानकारी दिए ।

    विशेष अदालत स्रोतका अनुसार, उक्त मुद्दामा महरासँगै २८ व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाइएको छ । गएको असोज २७ गते काठमाडौं जिल्ला अदालतबाट उनलाई पुर्पक्षका निम्ति थुनामा पठाइएको थियो । महरा मंसिर २० मा उच्च अदालत पाटनको आदेशमा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

    नौ किलो सुन तस्करी प्रकरणमा सुरुमा जोगाइएका महरालाई दोस्रो चरणको अनुसन्धानपछि मुद्दा चलाइएको थियो । दुबईबाट ल्याइएको उक्त सुन जाँचपासका क्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend