२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • अर्थमन्त्री स्वर्णिम वाग्लेसँग जग्गा नै जग्गा,...

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग जग्गा नै जग्गा, ४५ तोला सुन, १ करोड ९० लाख बैंक डिपोजिट

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग जग्गा नै जग्गा, ४५ तोला सुन, १ करोड ९० लाख बैंक डिपोजिट

आइतवार, चैत्र २९ २०८२०७:४९
आइतवार, चैत्र २९ २०८२०७:४९
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०सहित सरकारले आइतबार सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेको सम्पत्ति ललितपुर र काभ्रेमा अपार्टमेन्टसहित तनहुँमा पैतृक सम्पत्ति, सुन, र शेयरमा ठूलो लगानी देखिएको छ । यस्तै उनको विभिन्न बैंक खातामा नगद मौज्दात समेत राम्रै देखिएको छ । 

    वाग्लेको नाममा ललितपुर र काभ्रेमा गरी करिब १० करोड ७५ लाख रुपैयाँ बराबरको दुईवटा अपार्टमेन्ट रहेको छ भने तनहुँको बन्दिपुरमा २ करोड रुपैयाँ बराबरको ३ रोपनी ३ आना जग्गा रहेको छ । यसैगरी तनहुँको भानु नगरपालिकामा वाग्लेको नाममा ८ लाख ५० हजार रुपैयाँ बराबरको ६ रोपनी जग्गा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

    अर्थमन्त्री वाग्लेले आफ्नो र श्रीमतीको गरी कुल ४५ तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन्, भने हिमालयन बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टड बैंकमा गरी १ करोड ९० लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् । 

    यस्तै, अर्थमन्त्री वाग्लेले विभिन्न कम्पनीहरूको शेयर खरिद बापत ४ करोड १० लाख रुपैयाँ लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सानिमा मिडल तमोर हाइड्रो र सांग्रिला विकास बैंकको क्रमशः ७१ हजार ९३ कित्ता र २५ हजार ७६२ कित्ता शेयर रहेको जनाएका वाग्लेले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ बराबरको, ठूलो खोलामा ६० लाख रुपैयाँ बराबरको र अपर मादी खोला हाइड्रोपावरमा ३ करोड रुपैयाँ बराबरको शेयर लगानी रहेको उल्लेख गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend