२०८३, आश्विन १९ गते

images

बजेटअघि नयाँ अभ्यास : रास्वपाद्वारा पहिलोपटक विज्ञ र योजनाहरू आह्वान

बजेटअघि नयाँ अभ्यास : रास्वपाद्वारा पहिलोपटक विज्ञ र योजनाहरू आह्वान

आइतवार, बैशाख ६ २०८३१०:५९
आइतवार, बैशाख ६ २०८३१०:५९
  • images

    काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक विज्ञ तथा सार्वजनिक रूपमा योजनाहरू आह्वान गर्ने तयारी गरेको छ। पार्टीले बजेटअघि नीति निर्माण प्रक्रियामा बाह्य सुझाव समेट्ने उद्देश्यले यो अभ्यास सुरु गर्न लागेको हो।

    आइतबार बस्ने सचिवालय बैठकले विज्ञ तथा योजनाहरू आह्वान गर्ने कार्यको प्रारूप र कार्यविधि तय गर्ने सहप्रवक्ता विपिनकुमार आचार्यले जानकारी दिएका छन्। बैठकले यससम्बन्धी विस्तृत प्रक्रिया र मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ।

    सरकारले आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ भने त्यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ। यही सन्दर्भमा रास्वपाले बजेटअघि नै विज्ञ, सरोकारवाला र सर्वसाधारणबाट सुझाव संकलन गर्ने योजना अघि सारेको हो।

    रास्वपाका अनुसार कुनै पनि व्यक्ति वा संस्थाले पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, उद्यमशीलता, उत्पादन लगायत विविध क्षेत्रमा आफ्ना योजना तथा प्रस्ताव पेश गर्न सक्नेछन्। यसअघि राजनीतिक दलहरूले यस्ता विषयमा सार्वजनिक रूपमा सुझाव आह्वान गर्ने प्रचलन नभएको अवस्थामा रास्वपाको यो कदमलाई नयाँ अभ्यासका रूपमा हेरिएको छ।

    पार्टीले देश विकासमा व्यक्तिगत दृष्टिकोण, नवप्रवर्तनशील सोच र विशेषज्ञताको उपयोग गर्नका लागि यो पहल गरिएको जनाएको छ। सहभागीमूलक नीति निर्माणतर्फको प्रयासका रूपमा यसलाई अघि बढाइएको रास्वपाको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend