२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • दीपक भट्ट ‘कनेक्सन’ प्रकरणः प्रधानमन्त्रीले लिए...

दीपक भट्ट ‘कनेक्सन’ प्रकरणः प्रधानमन्त्रीले लिए गुरूङसँग लिखित स्पष्टीकरण

दीपक भट्ट ‘कनेक्सन’ प्रकरणः प्रधानमन्त्रीले लिए गुरूङसँग लिखित स्पष्टीकरण

मंगलवार, बैशाख ८ २०८३१०:०३
मंगलवार, बैशाख ८ २०८३१०:०३
  • images


    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन् । 

    सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको, सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न गृहमन्त्री गुरूङमाथि प्रश्न उठेको थियो ।

    गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिएका थिए । प्रधानमन्त्री बालेन शाहको पनि यसबारे ध्यानाकर्षण भएको उनको सचिवालयले जानकारी दिएको छ । 

    गृहमन्त्री गुरूङको सचिवालयले पनि प्रधानमन्त्रीलाई यसबारे लिखित स्पष्टीकरण बुझाएको बताएको छ । सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend