२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल...

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता

बुधवार, बैशाख ९ २०८३०४:३७
बुधवार, बैशाख ९ २०८३०४:३७
  • images

    काठमाडौँ । निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटल बीच मेडिकल सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

    मिति २०८३ वैशाख ९ गते लाजिम्पाटस्थित नेशनल लाइफको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    सम्झौता अनुसार नेशनल लाइफमार्फत बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल जाँच सेवा छिटो, छरितो र सहुलियत दरमा उपलब्ध गराइनेछ। यसबाट बीमा प्रक्रिया अझ सहज र समयमै सम्पन्न हुने कम्पनीको विश्वास छ।

    001.jpeg

    त्यसैगरी कम्पनीका कर्मचारीहरूले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट स्वास्थ्योपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। यसले कर्मचारीहरूको स्वास्थ्य सुरक्षा र सेवामा पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ।

    नेशनल लाइफले ३७ वर्षदेखि आकर्षक बोनसदरसहित जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। पछिल्लो सम्झौताले कम्पनीका ग्राहक तथा कर्मचारी दुवैलाई प्रत्यक्ष लाभ पुग्ने र सेवा विस्तारमा थप मजबुती आउने विश्वास गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend