२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सम्मान, संसदसम्म...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सम्मान, संसदसम्म पुगेका अभिकर्तालाई बधाई

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सम्मान, संसदसम्म पुगेका अभिकर्तालाई बधाई

बीमा क्षेत्रबाट नेतृत्वमा उकासिएको सफलताको कथा

बिहिवार, बैशाख १० २०८३०५:३९
बिहिवार, बैशाख १० २०८३०५:३९
  • images

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधिसभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना व्यक्त गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा आयोजित विशेष कार्यक्रममा नव-निर्वाचित सांसदहरूलाई खादा, पुष्पगुच्छा र सम्मानपत्र प्रदान गर्दै सफल कार्यकालको कामना गरिएको हो।

    सिटिजन लाइफसँग आबद्ध रही प्रतिनिधिसभामा पुगेका भक्तपुर क्षेत्र नं.१ बाट प्रत्यक्ष निर्वाचित माननीय रुकेश रञ्जित

    Citizen pr 1.JPG
    undefined

     र समानुपातिकतर्फ माननीय प्रमिला कुलुजुलाई कार्यक्रममा विशेष रूपमा सम्मान गरिएको थियो। कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा व्यवस्थापन टोलीको सहभागिता रहेको थियो।

    कार्यक्रममा बोल्दै माननीय प्रमिला कुलुजुले सिटिजन लाइफसँगको आफ्नो यात्राले नेतृत्व विकास, आत्मविश्वास र टोली निर्माणमा ठूलो भूमिका खेलेको बताउनुभयो। उहाँले यही अनुभवले आफूलाई आजको सफलतासम्म पुर्‍याएको भन्दै कम्पनीप्रति आभार व्यक्त गर्नुभयो।

    त्यस्तै, माननीय रुकेश रञ्जितले बीमा क्षेत्रका चुनौतीहरूलाई संसदमा उठाउने प्रतिबद्धता जनाउँदै कर प्रणालीलगायत सुधारका विषयमा प्राथमिकता दिने धारणा राख्नुभयो। उहाँले बीमा क्षेत्रलाई अझ सुदृढ बनाउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत (CMO) भुषण रिमालले अभिकर्ताहरू नीति निर्माण तहसम्म पुग्नु कम्पनीका लागि गर्वको विषय भएको उल्लेख गर्दै यसले नेतृत्व विकासको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो। त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (CEO) पोषकराज पौडेलले नव-निर्वाचित सांसदहरूको योगदानले बीमा क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

    सिटिजन लाइफले आफ्ना अभिकर्ताहरूलाई ‘सिटिजन लिडर्स’ का रूपमा विकास गर्दै आएको उल्लेख गर्दै कम्पनीले यस्ता उपलब्धिहरूले बीमा क्षेत्रप्रति जनविश्वास बढाउन र नयाँ पुस्तालाई प्रेरित गर्न सहयोग पुग्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend