२०८३, आश्विन २० गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, एकैदिन १२० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, एकैदिन १२० अर्ब खिच्दै राष्ट्र बैंक

शुक्रवार, बैशाख ११ २०८३१०:३२
शुक्रवार, बैशाख ११ २०८३१०:३२
  • images

    काठमाडौँ ।  बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । 

    राष्ट्र बैंकले बुधबार १९ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागेको हो । 

    निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । 

    बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । 

    बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने यही वैशाख ३० गते हुने बताइएको छ । 

    साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend