काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक विशेष समारोहबीच ग्रान्ड पुरस्कार हस्तान्तरण गरेको छ । उक्त अभियानमा ड्राइभर्स पार्टनर्सहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सन् २०२६ मार्च २ देखि मार्च २९ सम्म सञ्चालन गरिएको यस चार हप्ते क्याम्पेन, ड्राइभर्स पार्टनर्सहरूको कार्यसम्पादन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
साप्ताहिक चुनौतीहरू, आकर्षक पुरस्कार तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले इनड्राइभका उत्कृष्ट तथा प्रतिबद्ध ड्राइभर्स पार्टनर्सहरूलाई सम्मान गरेको थियो ।
जसअनुुसार चालक पेषल बुढाथोकीले टाटा एक्सप्रेस–टी ईभी, साम्देन तामाङ र सरोज खतिवडाले याडिया भिलक्स इभी स्कुटर पाएका हुन् ।
उक्त विजेताहरू चार हप्ताका चुनौती अवधिभर निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्दै सबै योग्यता मापदण्ड पूरा गर्ने चालकहरू मध्येबाट छनोट गरिएको कम्पनीले जनाएको छ ।
ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत थप चालक साझेदारहरूलाई सम्मान गर्न विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो । जसअन्तर्गत १६ जना चालकलाई स्मार्ट फोन, ४ जना चालकको परिवारसहितलाई फाइभस्टार होटलमा स्टेकेशन प्याकेज प्रदान गरिएको कम्पनीले जनाएको छ ।

