२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रूस पुगे इरानी विदेशमन्त्री, पुटिनसँग उच्चस्तरीय...

रूस पुगे इरानी विदेशमन्त्री, पुटिनसँग उच्चस्तरीय भेटवार्ता हुने

रूस पुगे इरानी विदेशमन्त्री, पुटिनसँग उच्चस्तरीय भेटवार्ता हुने

सोमवार, बैशाख १४ २०८३१२:२५
सोमवार, बैशाख १४ २०८३१२:२५
  • images

    काठमाडौं । अब्बास अराग्ची रूस पुगेका छन्। उनी सोमबार बिहान सेन्ट पिटर्सबर्ग अवतरण गरेका हुन्, जहाँ रूसी अधिकारीहरूले औपचारिक स्वागत गरेका छन्। इरानी विदेशमन्त्री अराग्चीले मस्कोमा भ्लादिमिर पुटिन सँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। काजेम जलाली ले उक्त भेट निश्चित भइसकेको जानकारी दिएका छन्।

    भेटवार्तामा पछिल्ला युद्धका घटनाक्रम, क्षेत्रीय सुरक्षा अवस्था तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। सेन्ट पिटर्सबर्ग पुगेपछि अराग्चीले इरान–रूसबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा नजिकको समन्वयलाई निरन्तरता दिन आफ्नो भ्रमण केन्द्रित रहेको बताएका छन्।

    कतारी सञ्चारमाध्यम Al Jazeera का अनुसार उनले तेहरान र मस्कोबीच रणनीतिक सहकार्य अझ मजबुत बनाउने लक्ष्य लिएको बताएका छन्। अराग्ची हालै पाकिस्तान र ओमान भ्रमण सकेर रूस पुगेका हुन्। इस्लामाबादमा उनले शहबाज शरीफ लगायत उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए भने मस्कटमा हैथम बिन तारिक सँग क्षेत्रीय अवस्थाबारे छलफल गरेका थिए।

    ओमानमा भएको भेटवार्तामा उनले अमेरिकी सैन्य उपस्थितिले क्षेत्रीय असुरक्षा बढाएको आरोप लगाउँदै स्वतन्त्र क्षेत्रीय सुरक्षा संयन्त्र आवश्यक रहेको बताएका थिए।

    यसैबीच, इरान–अमेरिका सम्बन्ध पनि तनावपूर्ण अवस्थामै रहेको छ। इरानले प्रत्यक्ष वार्ताका लागि आफ्ना सर्तहरू राखेको भए पनि वार्ता अझै अनिश्चित रहेको जनाइएको छ। डोनाल्ड ट्रम्प ले वार्ताका लागि आह्वान गरे पनि इरानले प्रत्यक्ष संवादमा नबस्ने संकेत दिएको छ।

    उता, मसुद पेजेश्कियन ले स्ट्रेट अफ हर्मुज क्षेत्रमा अमेरिकी नाकाबन्दी अन्त्य नभएसम्म वार्ता अघि बढ्न नसक्ने बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend