२०८३, आश्विन १९ गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घट्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घट्यो

सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३०७:३७
सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३०७:३७
  • images

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफासहित अधिकांश सूचक घटेको हो ।

    चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

    यता, बैंकको खुद ब्याज आम्दानी समेत घटेको छ। बैंकको खुद ब्याज आम्दानी ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

    गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा घटेर ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

    समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँबाट बढेर ३ अर्ब १० करोड ३० लाख पुगेको छ । बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३३ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३७अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।

    बैंकको खराब कर्जाको आकार समेत बढेको छ । खराब कर्जा ६.०६ प्रतिशतबाट बढेर ८.४१ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी समेत १७.७४ रुपैयाँबाट घटेर १२.२९रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend