२०८३, आश्विन १९ गते

images

५२ प्रतिशत बढ्यो हिमालयन बैंकको नाफा, कस्तो छ अन्य सूचक ?

५२ प्रतिशत बढ्यो हिमालयन बैंकको नाफा, कस्तो छ अन्य सूचक ?

सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३१०:२१
सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३१०:२१
  • images

    काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफा बढेको छ भने अन्य सूचकहरू घट्न पुगेका छन्।

    गत आवको तेस्रो त्रैमाससम्म ५० करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ५२.४९ प्रतिशतले वृद्धि भई ७६ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ७५ करोड २४ लाख रुपैयाँबाट ११।८७ प्रतिशतले घटेर ६ अर्ब ८३ करोड २१ लाख रुपैयाँमा झरेको छ भने कुल सञ्चालन आम्दानी ९ अर्ब १० करोड ९५ लाख रुपैयाँबाट ८.५७ प्रतिशतले घटेर ८ अर्ब ३२ करोड ८८ लाख रुपैयाँमा झरेको छ।

    यसरी आम्दानीमा गिरावट आएपछि बैंकको सञ्चालन मुनाफा पनि समीक्षा अवधिमा ३ अर्ब ८१ करोड १५ लाख रुपैयाँबाट ६९.६७ प्रतिशतले घटेर १ अर्ब १५ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ।

    गत चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ रहेकोमा चालू आवको चैत मसान्तसम्म बढेर १० अर्ब ४६ करोड ७९ लाख रुपैयाँ ऋणात्मक भएको छ। बैंकको प्रतिशेयर आम्दानी ३.०८ रुपैयाँबाट बढेर ४.५० प्रतिशत पुगेको छ भने खराब कर्जा ७.६८ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७१.९६ रुपैयाँ र बेस रेट ५.४६ प्रतिशत रहेको छ।

    चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब १९ करोड १२ लाख रुपैयाँ सञ्चिति रहेको छ। चैत मसान्तसम्म बैंकले ग्राहकमा २ खर्ब ३१ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ३८ अर्ब १८ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यस अवधिसम्म बैंकको सम्पत्तिको कुल मूल्य ४ खर्ब ६ अर्ब ९० करोड रुपैयाँ नाघेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend