२०८३, श्रावण २५ गते

images
  • राजनीति
  • अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति: भन्यो,  ‘लोकतन्त्र...

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति: भन्यो,  ‘लोकतन्त्र र संसदीय पद्धतिमाथि उपहास’

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति: भन्यो,  ‘लोकतन्त्र र संसदीय पद्धतिमाथि उपहास’

images
मंगलवार, बैशाख १५ २०८३०६:१२
मंगलवार, बैशाख १५ २०८३०६:१२
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारद्वारा हालै ल्याइएका अध्यादेशहरूलाई लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय पद्धतिमाथिको उपहास भन्दै कडा आलोचना गरेको छ।

    पार्टीका महामन्त्री प्रदीप पौडेलले एक विज्ञप्ति जारी गर्दै सरकारले संसद् अधिवेशन स्थगित गरी अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन्। उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि आफ्नै सांसदमाथि विश्वास गर्न नसक्नु सरकारको कमजोरी भएको टिप्पणी गरेका छन्।

    “संसदीय सर्वोच्चतालाई लत्याएर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति विधिको शासनमाथिको उपहास मात्र होइन, जनताको अपमान पनि हो,” विज्ञप्तिमा उल्लेख छ।

    महामन्त्री पौडेलले सरकार आफ्नै दलका निर्वाचित प्रतिनिधिप्रति समेत उत्तरदायी नरहेको आरोप लगाउँदै लोकतन्त्रमा विधि र प्रक्रियाभन्दा माथि कोही हुन नसक्ने स्मरण गराएका छन्। उनले संसदीय जवाफदेहितालाई सुदृढ बनाउन संसद् नै सर्वोच्च मंच भएको उल्लेख गर्दै तत्काल संसद् आह्वान गर्न सरकारसँग माग गरेका छन्।

    कांग्रेसले अध्यादेश फिर्ता लिएर जननिर्वाचित संस्थामार्फत मात्र निर्णय अघि बढाउन आग्रह गर्दै पारदर्शी र उत्तरदायी शासन प्रणाली कायम गर्नुपर्नेमा जोड दिएको छ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend