२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • आइसिसी विश्वकप क्रिकेट लिग–२: ओमानविरुद्धको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग–२: ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२: ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

सीएनएन खबर
बुधवार, बैशाख १६ २०८३१०:०४
सीएनएन खबर
बुधवार, बैशाख १६ २०८३१०:०४
  • images

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।

    नेपाल, युएई र ओमानबीचको एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो ।
     
    यता ओमानले भने पहिलो खेलमा युएईसँग हार बेहोरेको छ । आज पनि सुरुआती लयलाई कायमै राख्दै जित निकल्ने उदेश्यका साथ नेपाल मैदानमा उत्रिएको छ । 

    नेपालको प्लेइङ ११ मा कुश भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, भीम सार्की, रोहितकुमार पौडेल ९कप्तान०, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आरिफ शेख, गुलशनकुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend