२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एकपछि अर्को अमेरिकी उच्च अधिकारी नेपालमा,...

एकपछि अर्को अमेरिकी उच्च अधिकारी नेपालमा, आखिर किन बढ्यो वासिङ्टनको ध्यान ?

एकपछि अर्को अमेरिकी उच्च अधिकारी नेपालमा, आखिर किन बढ्यो वासिङ्टनको ध्यान ?

बिहिवार, बैशाख १७ २०८३१०:१९
बिहिवार, बैशाख १७ २०८३१०:१९
  • images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं अवतरण गर्नेछन्।

    बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञ मानिएका छन्। ३९ वर्षीय गोर दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत हुन्। उनी भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारीमा समेत छन्।

    गोरको नेपाल भ्रमण व्यवसाय, लगानी, दुई देशबीचको सरकारी सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विषयमा केन्द्रित हुने स्रोतले जनाएको छ।

    नेपाल बसाइका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्ने कार्यक्रम निश्चित भएको बताइएको छ। तर प्रधानमन्त्री बालेन शाहसँग भेट हुने वा नहुने अझै टुंगो लागेको छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले प्रधानमन्त्री शाहसँग गोरको भेट निश्चित भइनसकेको बताइन्। उनका अनुसार प्रधानमन्त्री अहिले आन्तरिक मामिला र सुशासनका काममा केन्द्रित छन्।

    यसअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले पनि सरकारका वरिष्ठ मन्त्रीहरू र रास्वपा सभापति रवि लामिछानेलाई भेटे पनि प्रधानमन्त्री शाहसँग औपचारिक भेट गर्न पाएका थिएनन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend