२०८३, आश्विन २० गते

images

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकको ठूलो कदम: १ खर्ब २० अर्ब खिच्न ९७ दिने निक्षेप संकलन आह्वान

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकको ठूलो कदम: १ खर्ब २० अर्ब खिच्न ९७ दिने निक्षेप संकलन आह्वान

बिहिवार, बैशाख १७ २०८३११:००
बिहिवार, बैशाख १७ २०८३११:००
  • images

    काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ बजारबाट खिच्ने लक्ष्यसहित आज दिउँसो ३ बजे बोलकबोल आह्वान गरिएको हो।

    राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यस व्यवस्थाले साना तथा ठूला सबै बैंक तथा वित्तीय संस्थालाई सहभागिताको अवसर दिने लक्ष्य राखिएको छ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने जनाइएको छ। साथै, बहुब्याजदरमा बहुबोलकबोल गर्ने सुविधा समेत दिइएको छ। राष्ट्र बैंकका अनुसार उक्त प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार यो ९७ दिने निक्षेप संकलन उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आउँदो साउन २० गते गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend