२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बढ्यो खाना पकाउने ग्यासको मूल्य, घट्यो...

बढ्यो खाना पकाउने ग्यासको मूल्य, घट्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो खाना पकाउने ग्यासको मूल्य, घट्यो पेट्रोल र डिजेलको मूल्य

शुक्रवार, बैशाख १८ २०८३०६:५३
शुक्रवार, बैशाख १८ २०८३०६:५३
  • images

    काठमाडौँ । सरकारले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

    जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

    यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।

    पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको छ । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ । हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।

    यो सँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो । सुर्खेत र दाङमा यसअघि २१८ रहेको मूल्य अब २१६ भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend