२०८३, आश्विन १९ गते

images
  • समाचार
  • लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला...

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला : भारत–चीन समन्वय, नेपाल बेखबर

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला : भारत–चीन समन्वय, नेपाल बेखबर

शुक्रवार, बैशाख १८ २०८३१२:२५
शुक्रवार, बैशाख १८ २०८३१२:२५
  • images

    काठमाडौँ । भारतले चीनसँगको समन्वयमा लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्राको घोषणा गरेको छ। सन् २०२६ का लागि भारतको विदेश मन्त्रालयले औपचारिक रूपमा आवेदन खुला गरेसँगै यो विषयले पुनः कूटनीतिक चासो बढाएको छ।

    भारतको विदेश मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार आगामी जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन गरिनेछ। यात्राका लागि उत्तराखण्डस्थित लिपुलेक पास र सिक्किमको नाथुला पास गरी दुई मार्ग तय गरिएको छ। तर, यसबारे नेपाललाई कुनै औपचारिक जानकारी नदिइएको जनाइएको छ।

    लिपुलेक र कालापानी क्षेत्र नेपाल–भारतबीच दीर्घकालदेखि विवादित भूभाग हुन्। भारतले उक्त क्षेत्र आफ्नो नियन्त्रणमा राख्दै आएको छ भने नेपालले निरन्तर रूपमा त्यसको विरोध जनाउँदै आएको छ। यसअघि लिपुलेक नाका सञ्चालनसम्बन्धी भारत–चीन सहमतिपछि नेपालले कूटनीतिक नोटमार्फत आपत्ति जनाइसकेको थियो।

    इतिहासतः सन् १९६२ को भारत–चीन युद्धपछि भारतीय सेना कालापानी क्षेत्रमा बसेको थियो। प्रजातन्त्र पुनर्स्थापनापछि १९९० को दशकमा यो विवाद थप चर्किएको थियो। सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणका क्रममा यो विषय औपचारिक रूपमा उठाएपछि द्विपक्षीय संयन्त्र बने पनि समस्या समाधान हुन सकेको छैन।

    नयाँ घोषणाअनुसार लिपुलेक र नाथुला मार्गबाट १०–१० वटा टोली पठाइनेछ। प्रत्येक टोलीमा ५० जनाका दरले कुल एक हजार यात्रु सहभागी हुन सक्नेछन्। इच्छुकहरूले मे १९ भित्र आवेदन दिनुपर्नेछ र छनोट कम्प्युटर प्रणालीबाट ‘रेन्डम’ विधिबाट गरिनेछ। मन्त्रालयले छनोट प्रक्रियामा लैंगिक सन्तुलनलाई समेत प्राथमिकता दिने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend