२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ‘बहुमत छ भन्दैमा कानुनलाई डण्डा नबनाऊ’:...

‘बहुमत छ भन्दैमा कानुनलाई डण्डा नबनाऊ’: रास्वपा सरकारलाई गगन थापाको चेतावनी

‘बहुमत छ भन्दैमा कानुनलाई डण्डा नबनाऊ’: रास्वपा सरकारलाई गगन थापाको चेतावनी

शुक्रवार, बैशाख १८ २०८३०४:५०
शुक्रवार, बैशाख १८ २०८३०४:५०
  • images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपा नेतृत्वको सरकार स्पष्ट बहुमत हुँदाहुँदै पनि “खतरनाक भ्रम”मा रहेको टिप्पणी गरेका छन्।

    नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा ‘रुल अफ ल’ अर्थात् कानुनको शासन अनिवार्य हुने बताए। उनका अनुसार सरकार कानुनको सेवक हुनुपर्छ, तर अहिले सरकार कानुनलाई लाठी वा डण्डाजस्तो प्रयोग गर्ने सोचमा देखिएको छ।

    थापाले भने, “डेमोक्रेसीमा रुल अफ ल र रुल बाइ ल फरक कुरा हुन्। कानुनको शासनमा सरकार कानुनको सेवक हुन्छ, तर रुल बाइ लमा कानुन सरकारका लागि डण्डा बन्छ।” उनले रास्वपालाई जनताले पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिएको र कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बसेर खबरदारी गर्ने जिम्मेवारी दिएको बताए।

    थापाका अनुसार प्रतिपक्षको काम प्रश्न गर्ने, खबरदारी गर्ने, आवश्यक परे प्रतिवाद गर्ने र विकल्प सुझाउने हो। उनले कांग्रेसले आगामी पाँच वर्ष सभ्य, विनम्र तर दृढ प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। “हामी नम्र छौं तर कमजोर छैनौं,” थापाले भने, “हाम्रो विनम्रतालाई कमजोरी नठानियोस्।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend