२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • काठमाडौँमा अन्तर्राष्ट्रिय मुवा थाईको माहोल: ‘EFS...

काठमाडौँमा अन्तर्राष्ट्रिय मुवा थाईको माहोल: ‘EFS Fight Night 8’ जेठ २ मा हुँदै

काठमाडौँमा अन्तर्राष्ट्रिय मुवा थाईको माहोल: ‘EFS Fight Night 8’ जेठ २ मा हुँदै

सीएनएन खबर
शनिवार, बैशाख १९ २०८३११:४२
सीएनएन खबर
शनिवार, बैशाख १९ २०८३११:४२
  • images

    काठमाडौँ । नेपालमा मुवा थाई खेलको विस्तार र अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउने लक्ष्यसहित बहुप्रतीक्षित ‘EFS Fight Night 8’ आयोजना हुने भएको छ। WBC Muay Thai Nepal को आयोजनामा हुने उक्त प्रतियोगिता आगामी जेठ २ (मे १६, २०२६) मा काठमाडौंमा सम्पन्न हुनेछ। कम्पनीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । 

    सन् २०२१ अगस्ट २७ मा स्थापना भएको WBC Muay Thai Nepal ले खेलाडी उत्पादन, संरचित प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय एक्सपोजरमार्फत मुवा थाईलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित निरन्तर सक्रिय रहँदै आएको छ। सोही अभियानअन्तर्गत आयोजना हुन लागेको ‘EFS Fight Night 8’ मा कुल २६ खेल हुनेछन्, जसमा ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। तीमध्ये ६ खेल व्यावसायिक (प्रोफेशनल) हुनेछन् भने बाँकी खेलहरू एमेच्योर तथा प्रो–एमेच्योर नियमअनुसार सञ्चालन गरिनेछ।

    प्रतियोगिताको मुख्य आकर्षण ५८ केजी सुपर फेदरवेट तौल समूहको उपाधि भिडन्त रहनेछ, जहाँ एरावान मुवा थाई फाइट जिमका कामा बहादुर मगर र जिमखाना पर्फर्मेन्सका गुमान घर्ती मगर आमनेसामने हुनेछन्। उक्त भिडन्तका विजेताले WBC Muay Thai National Championship बेल्टसँगै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

    त्यस्तै, सह–मुख्य खेल ४८ केजी लाइट फ्लाइवेट तौल समूहमा अन्तर्राष्ट्रिय भिडन्त हुनेछ, जसमा नेपालकी करिश्मा कार्की र भारतकी पुष्पा आरबीच प्रतिस्पर्धा हुने तय गरिएको छ।

    WBC1.jpeg

    अन्य प्रतिस्पर्धात्मक खेलहरूमा सन्तोष खत्री विरुद्ध एलेन थकाली (६९.८ केजी सुपर वेल्टरवेट), फुर्बा शेर्पा विरुद्ध अनुप कटुवाल (६२ केजी लाइटवेट), सन्जु लामा विरुद्ध अलिश बोम्जन (५४.५ केजी ब्यान्टमवेट) तथा मुबिन राई विरुद्ध दावा लामा (सोही तौल समूह) बीच प्रतिस्पर्धा हुनेछ।

    देशभरका ९ विभिन्न जिमबाट खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताले नेपालमा मुवा थाई खेलको लोकप्रियता र प्रतिस्पर्धात्मक स्तर दुवै तीव्र गतिमा बढ्दै गएको संकेत गरेको छ।

    कार्यक्रमलाई बागमती प्रदेश युवा तथा खेलकुद परिषद् र बूढानीलकण्ठ नगरपालिकाले सहयोग गरेका छन्। यति एयरलाइन्स र एक्स्ट्रिम इनर्जी ड्रिंक प्रायोजकका रूपमा रहेका छन् भने परिधान साझेदार ९७७ क्लोथिङ ब्रान्ड रहेको छ। टिकट व्यवस्थापन Khaltiमार्फत गरिनेछ र कार्यक्रम Dish Home GOमा प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

    WBC Muay Thai Nepal का अध्यक्ष राजु राईका अनुसार, “EFS Fight Night 8 ले नेपालमा मुवा थाईको स्तर उकास्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलाडीको उपस्थिति अझ सशक्त बनाउने विश्वास लिइएको छ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend