२०८३, आश्विन १९ गते

images
  • समाचार
  • महासंघको नयाँ नेतृत्व चयन आज, श्रेष्ठ...

महासंघको नयाँ नेतृत्व चयन आज, श्रेष्ठ स्वतः अध्यक्ष हुने

महासंघको नयाँ नेतृत्व चयन आज, श्रेष्ठ स्वतः अध्यक्ष हुने

सोमवार, बैशाख २१ २०८३०७:१९
सोमवार, बैशाख २१ २०८३०७:१९
  • images

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औँ साधारणसभा ९आज० सोमबार हुँदै छ। बिहान १० बजेबाट सुरु हुने महासंघको ६०औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनेछ। यसअघि चैत २९ र ३० गते तय भएको महासंघको साधारणसभा एवं निर्वाचन प्रक्रिया अदालतमा मुद्दा परेपछि रोकिएको थियो।

    रोकिएको साधारणसभा एवं निर्वाचन प्रक्रिया सोमबारबाट सुरु हुनेछ। विसं २०२२ साल पुस ११ देखि १४ गतेसम्म काठमाडौंमा आयोजित एवं  राजा महेन्द्रबाट उद्घाटित प्रथम नेपाल वाणिज्य तथा औद्योगिक सम्मेलनको निर्णयअनुसार उद्योग वाणिज्य क्षेत्रको केन्द्रीय  संस्थाका रूपमा वि सं २०२२ साल पुस १४ गते स्थापना भएको महासंघमा हालसम्म २० जना अध्यक्ष भइसकेका छन्।

    महासंघको संस्थापक अध्यक्ष स्वर्गीय लोकनाथ जोशी हुन्। उनले २०२२ देखि २०२४ सम्म आफ्नो कार्यकाल सञ्चालन गरेका थिए। २४ वटा मात्र सदस्य संस्थाबाट सुरु भएको महासंघको यात्रा अहिले देश भरी फैलिएको छ। ७७ वटै जिल्लामा उपस्थिति महासंघको रहेको छ। यस्तै एसोसिएसन, बस्तुगत र जिल्ला÷नगरतर्फपनि महासंघको सदस्य रहेको छ।

    महासंघको विद्यमान विद्यान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानबाट अन्जन श्रेष्ठ २१ औँ अध्यक्ष बन्दै छन्। संशोधित विद्यान अनुसार श्रेष्ठ मात्र वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने हुन्। अबको कार्यकालपछि भने अध्यक्षको निर्वाचन प्रत्यक्षबाट हुने छ। महासंघको साधारण सभा सके लगत्तै उनी स्वतः अध्यक्ष हुनेछन्।

    वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको पदावधि साधारण सभा सकिए लगत्तै सकिने र वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुनेछन्। महासंघका एक पदाधिकारीका अनुसार उपाध्यक्षहरू सहितको कार्यसमितिको निर्वाचन प्रक्रिया नै नयाँ अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सञ्चालन हुने छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend