२०८३, भाद्र १३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ४ निर्णयः अध्यादेश पुन...

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः अध्यादेश पुन पठाउनेदेखि जीटूजीबाट मल खरिदसम्म

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः अध्यादेश पुन पठाउनेदेखि जीटूजीबाट मल खरिदसम्म

images
सोमवार, बैशाख २१ २०८३०१:२०
सोमवार, बैशाख २१ २०८३०१:२०
  • काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मीत पोखरेलका अनुसार आजको बैठकले राष्ट्रपतिले फिर्ता पठाएको अध्ययादेश पुन पठाउने निर्णय गरेको छ । 
    यस्ता छन् निर्णय
    १। परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउन र वायू गुणस्तर मापन क्षमता बढाउने प्रयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्विकार गर्ने ।

    २। भारतसँग जीटूजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

    ३। संसद भवन परिषरमा प्रवेश लगायतको विषय समावेश गरिएको र सिंहदरबार परिषरको परिमार्जित गुरुयोजना स्वीकृति गर्ने ।

    ४। संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ सम्मानिय राष्ट्रपति ज्यूबाट पुर्नविचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्मानिय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend