२०८३, भाद्र १३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकः संसदको अधिवेशन वैशाख २८...

मन्त्रिपरिषद् बैठकः संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद् बैठकः संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

images
मंगलवार, बैशाख २२ २०८३०४:३९
मंगलवार, बैशाख २२ २०८३०४:३९
  • काठमाडौँ । सरकारले सङ्घीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णयबारे जानकारी दिँदै संसद अधिवेशनमार्फत सरकारका आगामी विधेयक तथा नीतिगत विषयहरू अघि बढाइने बताए ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend