२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ओभर फ्लो भयो कुलेखानीः २ वटा...

ओभर फ्लो भयो कुलेखानीः २ वटा गेट खोल्ने तयारी, सतर्कता अपनाउन आग्रह

ओभर फ्लो भयो कुलेखानीः २ वटा गेट खोल्ने तयारी, सतर्कता अपनाउन आग्रह

शनिवार, आश्विन १२ २०८१०६:२२
शनिवार, आश्विन १२ २०८१०६:२२
  • images

    काठमाडौँ । हेटौँडाको कुलेखानी जलाशयमा जल सतह भरिएर छ । निरन्तरको वर्षापछि उक्त जलाशयमा पानीको सहत ओभर फ्लो हुन सुरु भएको हो । शनिबार बिहान ४ः५० बजेको समयबाट कुलेखानी जलाशय ओभर फ्लो भएको हो ।

    हाल कुलेखानी जलाशयको क्षमता भन्दा बढी पानी संकलन भएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

    उनका अनुसार कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ । कुलेखानीमा प्रतिघण्टा ३७ मिटर पानी संकलन भइरहेको उनको भनाइ छ ।

    वर्षा भइरहेकाले कुलेखानीमा थप पानी संकलन गर्ने अवस्था नरहेको उनले बताए । ड्यामको सुरक्षाका लागि विद्युत उत्पादन नियमित भइरहेको भट्टले बताए । कुलेखानी भरिएपछि ड्यामका २ वटा गेट खोल्ने तयारी गरिएको उनले बताए ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले कुलेखानीको गेट खोल्ने तयारी भएकाले नदि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरे । कुलेखानीको गेट खोल्दा कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती नदिमा मिसिन पुग्छ । 

    उनले इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका सहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरे । जोखिम क्षेत्रमा सुरक्षा निकायलाई हाइ अलर्ट रहन निर्देशन गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend