२०८३, आश्विन १९ गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, एकैदिन ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, एकैदिन ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

शुक्रवार, बैशाख २५ २०८३१२:२४
शुक्रवार, बैशाख २५ २०८३१२:२४
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आज एकै दिन ४० अर्ब रुपैयाँ निक्षेप प्रशोचन गर्ने भएको छ।

    निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकले आज उक्त रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेपमा आवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो ९६ दिने निक्षेप संकलन उपकरणको साउन २७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend