२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसायिक वृद्धि सकारात्मक,...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसायिक वृद्धि सकारात्मक, सम्पत्ति १४ अर्बभन्दा माथि

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसायिक वृद्धि सकारात्मक, सम्पत्ति १४ अर्बभन्दा माथि

आइतवार, बैशाख २७ २०८३११:१७
आइतवार, बैशाख २७ २०८३११:१७
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    सार्वजनिक प्रतिवेदन अनुसार कम्पनीको व्यवसायिक वृद्धिदर उत्साहजनक देखिए पनि खुद नाफामा भने केही गिरावट आएको छ।

    चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १३ करोड ३२ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.१२ प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा कम्पनीले २५ करोड १९ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो। नाफा घटे पनि खुद बिमा शुल्क आर्जन भने १४.०९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ। जुन गत वर्ष १ अर्ब २९ करोड २४ लाख रुपैयाँ रहेको थियो।

    कम्पनीको वित्तीय अवस्थालाई हेर्दा कुल सम्पत्ति १.३० प्रतिशतले वृद्धि भई १४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ स्थिर रहेको छ भने जगेडा कोषमा १८ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको वित्तीय मजबुती दर्शाउने सल्भेन्सी अनुपात मा २०.३६ प्रतिशतको सुधार आएर ३.३१ कायम भएको छ ।

    अन्य सूचकहरूमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ३३ रुपैयाँ ६४ पैसा रहेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। सेयर बजारमा यस अवधिमा कम्पनीको सेयर अधिकतम ६ सय ९८ रुपैयाँ र न्यूनतम ५७१ रुपैयाँ २० पैसामा कारोबार भई अन्तिम मूल्य ६ सय ७ रुपैयाँ कायम भएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend