२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा...

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

बुधवार, बैशाख ३० २०८३१०:३५
बुधवार, बैशाख ३० २०८३१०:३५
  • images

    काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

    सीआईबी स्रोतका अनुसार पाण्डेलाई बुधबार बिहान पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा बयान लिएपछि उनलाई छाड्न सकिने सम्भावना रहेको स्रोतले जनाएको छ।

    यसअघि यही प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पनि पक्राउ परिसकेका छन्। सीआईबीको टोलीले उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिएको थियो।

    स्मार्ट टेलिकम लामो समयदेखि विवादमा पर्दै आएको कम्पनी हो। कम्पनीले दूरसञ्चार सेवा सञ्चालन अनुमति नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि यसको लाइसेन्स स्वतः खारेज भएको थियो। त्यसपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।

    तर, कम्पनीको सम्पत्ति तथा वित्तीय कारोबारमार्फत सरकारको हकहितमा क्षति पुग्ने गरी बेइमानीपूर्ण कार्य गरिएको आरोपमा सीआईबीले अनुसन्धान अघि बढाएको हो। अनुसन्धान टोलीले स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक कारोबार, बैंकिङ प्रक्रिया र सम्पत्ति हस्तान्तरणका विषयमा समेत विस्तृत छानबिन गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend