२०८३, भाद्र १३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ४ निर्णयः लगानी व्यवस्थापन...

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः लगानी व्यवस्थापन समितिको सदस्यमा मनोनितदेखि नियमावली स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः लगानी व्यवस्थापन समितिको सदस्यमा मनोनितदेखि नियमावली स्वीकृतसम्म

images
बुधवार, बैशाख ३० २०८३११:३९
बुधवार, बैशाख ३० २०८३११:३९
  • काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

    सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी गराए । नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।

    –विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने । 

    –सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।

    –भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend