२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भारतीय पर्यटकमाथि नयाँ प्रतिबन्ध नभएको नेपाल...

भारतीय पर्यटकमाथि नयाँ प्रतिबन्ध नभएको नेपाल पर्यटन बोर्डको स्पष्टिकरण

भारतीय पर्यटकमाथि नयाँ प्रतिबन्ध नभएको नेपाल पर्यटन बोर्डको स्पष्टिकरण

बुधवार, बैशाख ३० २०८३०२:४७
बुधवार, बैशाख ३० २०८३०२:४७
  • images

    काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपाल प्रवेशमा नयाँ प्रतिबन्ध लगाइएको भन्ने समाचार भ्रामक र तथ्यहीन भएको स्पष्ट गरेको छ।

    बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममार्फत नेपाल–भारत सीमा पार गर्ने भारतीय नागरिकका लागि अनिवार्य परिचयपत्र, ३० दिनको बसाइ सीमा तथा अवधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता दाबीहरू गलत र आधारहीन रहेको जनाएको हो।

    नेपाल पर्यटन बोर्डका अनुसार नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध लगाएको छैन। साथै नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा पनि कुनै परिवर्तन नगरिएको बोर्डले स्पष्ट पारेको छ।

    बोर्डले नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता तथा पर्यटन सहकार्य अझै बलियो र यथावत रहेको उल्लेख गरेको छ।

    विज्ञप्तिमा नेपाल सरकारले हालै भारतीयसहित विदेशी पर्यटकलाई निजी सवारीसाधनमार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश सहज बनाउन नयाँ अनलाइन प्रणाली लागू गरेको जानकारी पनि दिइएको छ। अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले विकास गरेको उक्त डिजिटल प्रणालीमार्फत अब विदेशी सवारीसाधनले अस्थायी प्रवेश अनुमति तथा राजस्व भुक्तानी अनलाइनबाटै गर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

    यस प्रणालीले सीमावर्ती क्षेत्रमा हुने झन्झट कम गर्ने, प्रक्रिया सरल बनाउने तथा पर्यटकको यात्रा अनुभव थप सहज बनाउने अपेक्षा गरिएको छ।

    नेपाल पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना नफैलाउन र पर्यटनसम्बन्धी आधिकारिक जानकारीका लागि सरकारी निकायका आधिकारिक माध्यम मात्रै प्रयोग गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend