२०८३, आश्विन १९ गते

images

एनएमबी बैंकका सीईओ पक्राउ परेपछि बैंकर्स संघले डाक्यो आकष्मिक बैठक

एनएमबी बैंकका सीईओ पक्राउ परेपछि बैंकर्स संघले डाक्यो आकष्मिक बैठक

बुधवार, बैशाख ३० २०८३०६:५५
बुधवार, बैशाख ३० २०८३०६:५५
  • images

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेपछि बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघले आकष्मिक बैठक डाकेको छ। पाण्डे पक्राउको बिषयबारे छलफल गर्नको लागि आकष्मिक बैठक डाकिएको बैंकर्स संघले जनाएको छ।

    संघका अध्यक्ष सन्तोष कोइरालाकाअनुसार, पाण्डे पक्राउको बिषयमा छलफल गर्नका लागि सबै कमर्शियल बैंकका सीइओ सहितको बैंकर्स संघको पूर्ण बैठक डाकिएको हो। बैठक बिहिबार बिहान ९ बजे डाकिएको छ।

    कर्जा अशुल गर्नलाई धितोमा राखिएको सम्पती बिक्रि गरिएको बिषयलाई लिएर पक्राउ गरिएको हो भने यो बिषय अत्यन्त संबेदनशील र चिन्ताजनक भएको अध्यक्ष कोइरालाले बिजपाटीलाई बताए।

    उनि भन्छन, ‘कर्जा प्रवाहका कारण सृजित सम्पती कर्जा असुल्नका लागि बिक्रि गरेको बिषयलाई कसुर मानिएको हो भने त्यसमा हाम्रो बिरोध छ।’

    बैंकर्स संघका अध्यक्षले जस्तै बैंकर्स समाजले कर्जा असुल्नका लागि बैंकले धितोमा राखेको सम्पती वा मेसिनरी उपकरण बिक्रि गर्दा बैंकका सीइओ पक्राउ परेको आशंका गरेको छ।

    यद्दपि, केन्द्रिय अनुसन्धान ब्युरो सीआईबि ले भने ठगि तथा आपराधिक बिश्वासघात सम्बन्धि कसुरमा एनआईएमबि का पाण्डेलाई पक्राउ गरिएको बिज्ञप्ती मार्फत जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend