२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • सीईओ पक्राउपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले...

सीईओ पक्राउपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भन्योः ‘कर्जा असुली कानुनअनुसार’

सीईओ पक्राउपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भन्योः ‘कर्जा असुली कानुनअनुसार’

बुधवार, बैशाख ३० २०८३०७:३३
बुधवार, बैशाख ३० २०८३०७:३३
  • images

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा असुली कानुनअनुसार गरिएको दाबी गरेको छ । बुधबार दूरसञ्चारसम्बन्धी ठगी तथा आपराधिक विश्वासघातको कसुरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेसँगै बैंकले खण्डन गरेको हो ।

    बैंकले एक विज्ञप्ति जारी गर्दै पाण्डेलाई ऋणी स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्ति लिलाम बिक्री गरेको आरोप तथा लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरणलगायतका सामाग्री जडान भएका घर जग्गा धनीहरुलाई स्मार्ट टेलिकमले बुझाउन पर्ने बाँकी घर वाहाल र विद्युत महशुल हालसम्म भुक्तान नभएको सम्बन्धमा अनुसन्धानको लागि नियन्त्रणमा लिइएको सन्दर्भमा विभिन्न सन्चार माध्ययममा प्रकाशित सामाग्रीप्रति ध्यानाकर्षण गराएको हो।

    बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने प्रचलित ऐन कानून, विशेष गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ एवं सुरक्षित कारोबार ऐन २०६३ ले दिएको अधिकार तथा यस बैंकको कर्जा असूली निर्देशिकाको पूर्ण रुपमा पालना गर्दै निक्षेपकर्ताहरुको निक्षेपबाट प्रवाह भएको कर्जा असूली गर्नु पर्ने कानूनी दायित्व तथा जिम्मेवारीअन्तर्गत रही बैंकले कर्जा असूली प्रकृयाअनुसार कारबाही गरेको जानकारी गराएको छ।

    यस सम्बन्धमा सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग अनुसन्धान प्रयोजनका लागि बैंकले समयमा नै उपलब्ध गराउँदै आएको बताउँदै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    बैंकको सिइओमाथि अनुसन्धान प्रकृयाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने विषयमा बैंकले सम्पूर्ण सरोकारवालालाई पूर्ण रुपमा विश्वस्त हुन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend