२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एन्फामाथिको निलम्बन फुकुवा, साफ महिला च्याम्पियनसिप...

एन्फामाथिको निलम्बन फुकुवा, साफ महिला च्याम्पियनसिप खेल्ने सम्भावना बलियो

एन्फामाथिको निलम्बन फुकुवा, साफ महिला च्याम्पियनसिप खेल्ने सम्भावना बलियो

शुक्रवार, जेठ १ २०८३०३:५९
शुक्रवार, जेठ १ २०८३०३:५९
  • images

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । शुक्रबार एन्फाका महासचिवसहित पदाधिकारीहरूले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।

    एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गर्दै बिना शर्त कारबाही हटाइएको जानकारी दिए । उनले फिफालाई यसबारे औपचारिक जानकारी गराएपछि थप विवरण सार्वजनिक गरिने बताए ।

    “बिना शर्त निलम्बन फुकुवा भएको छ । फिफालाई जानकारी गराएपछि विस्तृत कुरा सार्वजनिक गर्छौं । निलम्बन हटेसँगै नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना बलियो बनेको छ,” शाहले बताएका छन् ।

    यसअघि राखेपले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) अनुसार गत ११ चैतमा एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend