२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • ‘लालीबजार’ विवाद फेरि अदालतमा, उच्च अदालतले...

‘लालीबजार’ विवाद फेरि अदालतमा, उच्च अदालतले विपक्षीलाई छलफलमा झिकायो

‘लालीबजार’ विवाद फेरि अदालतमा, उच्च अदालतले विपक्षीलाई छलफलमा झिकायो

बुधवार, जेठ ६ २०८३०२:४७
बुधवार, जेठ ६ २०८३०२:४७
  • images

    काठमाडौं । फिल्म ‘लालीबजार’ सम्बन्धी विवाद फेरि अदालतमा पुगेको छ । सर्वोच्च अदालतको आदेशपछि उच्च अदालत पाटनले बुधबारदेखि मुद्दामा पुनः सुनुवाइ सुरु गरेको हो ।

    उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय गणेशप्रसाद बराल र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले विपक्षी पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

    यसअघि उच्च अदालत पाटनले चलचित्र प्रदर्शन रोक्न जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नभएको ठहर गर्दै प्रदर्शनका लागि बाटो खुला गरिदिएको थियो । त्यस आदेशविरुद्ध अभियन्ता नेपाली सर्वोच्च अदालत पुगेकी थिइन् ।

    सर्वोच्च अदालतले गत साता रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै “विवादित चलचित्र अवलोकन गरी आवश्यक परे थप बुझेर ७ दिनभित्र अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न” उच्च अदालत पाटनलाई निर्देशन दिएको थियो ।

    सर्वोच्चको सोही आदेश कार्यान्वयन गर्दै उच्च अदालत पाटनले पुनः सुनुवाइ थालेको हो । मुद्दामा सूचना तथा सञ्चार मन्त्रालयसहित सम्बन्धित निकायहरूलाई विपक्षी बनाइएको छ ।

    षट्कोण आर्ट्सको निर्माणमा बनेको ‘लालीबजार’ अहिले देशभरका हलमा प्रदर्शन भइरहेको छ । सामाजिक कथावस्तुमा आधारित फिल्मले वादी समुदायकी एक महिलाले छोरीको शिक्षा र पालनपोषणका लागि गरेको संघर्षलाई केन्द्रमा राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend