२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • रेखा, मनमाया र दीपा बने एसटीसी...

रेखा, मनमाया र दीपा बने एसटीसी ब्याट्रीका ब्रान्ड एम्बासडर

रेखा, मनमाया र दीपा बने एसटीसी ब्याट्रीका ब्रान्ड एम्बासडर

बिहिवार, जेठ ७ २०८३१०:१४
बिहिवार, जेठ ७ २०८३१०:१४
  • images

    काठमाडौं । स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्ड ‘STC Ride’ र ‘STC Energy’ ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

    एस.टी.सी. इनर्जी इन्डस्ट्रिज प्रा. लि. ले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय टोलीका खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई र दीपा शाहीसँग औपचारिक सम्झौता गरेको हो ।

    अखिल नेपाल फुटबल संघ (ANFA) परिसरमा आयोजित विशेष साइनिङ समारोहमा सम्पन्न सम्झौताअनुसार फरवार्ड खेलाडी रेखा पौडेल तथा युवा खेलाडी दीपा शाहीले ‘STC Ride’ को प्रतिनिधित्व गर्नेछन् भने मनमाया दमाई ‘STC Energy’ को ब्रान्ड एम्बासडरको रूपमा आबद्ध भएकी छन् ।

    कम्पनीका अनुसार तीनै खेलाडीले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

    Signing ceremony Pic 4.jpeg

    नेपालको अटोमोबाइल तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसी ग्रुपले आधुनिक प्रविधिमा आधारित ब्याट्री उत्पादनमार्फत नेपाली बजारमा विश्वसनीय पहिचान बनाएको जनाएको छ । कम्पनीका ‘STC Ride’ र ‘STC Energy’ पूर्ण रूपमा नेपालमै उत्पादन हुने ब्याट्री ब्रान्ड हुन् ।

    कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक तथा NADA Automobiles Association of Nepal का अध्यक्ष Surendra Kumar Upreti ले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले खेलकुद क्षेत्र र युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा ANFA का पदाधिकारी, एसटीसी ग्रुपका प्रतिनिधि, खेलकुदकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    Signing ceremony Pic 8.jpeg
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend