काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लागि ७ जनाको उम्मेद्वारी परेको छ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक छनौट समितिले सार्वजनिक गरेको सूचना अनुसार ७ जनाको नाम छनौट भएको हो ।
सूचना अनुसार ईश्वर प्रसाद काफ्ले, गुन मायाँ तमु सिंह मगर, धनश्याम खतिवडा, नारद कुमार लुइटेल, मनराम विष्ट, राजेन्द्र श्रेष्ठ र सुभाष चन्द्र जोशीको नाम कार्यकारी निर्देशकका लागि छनौटमा परेको हो ।
छनोटमा परेका ७ जनामध्ये असार १४ गते शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ भने अन्तरवाता शनिबार बिहानदेखि सुरु हुने सिफारिस समितिले जनाएको छ ।
कोषले असार गत जेठ २३ गते कार्यकारी निर्देशकका लागि दरखास्त आवेदन आह्वान गरेको थियो ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले लक्ष्मी पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । लगत्तै कार्यकारी निर्देशकको नियुक्ति मापदण्डविपरीत रहेको जिकिर गर्दै उच्च अदालत, पाटनमा परेको रिटमा निवेदकको पक्षमा अन्तरिम आदेश आएपछि पुन पदमुक्त भएकी थिइन् ।
उनी पदमुक्त भएपछि कोषले नयाँ कार्यकारी निर्देशनका लागि दरखास्त आह्वान गरेको थियो ।

